Section 84
सम्पत्ति तथा दायित्वको लगत
(१) लिक्विडेटरले यस ऐन बमोजिम बाध्यात्मक खारेजीमा गएको बैंक वा वित्तीय संस्थाको सम्पत्ति, दायित्व वा सम्भाव्य दायित्वको अविलम्ब लगत तयार गरी एक प्रति राष्ट्र बैंक समक्ष बुझाई एक प्रति सम्बन्धित बैंक वा वित्तीय संस्थामा राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको लगतमा देहाय बमोजिमको विवरण समावेश गर्नु पर्नेछ ः– (क) बैंक वा वित्तीय संस्थाको निक्षेपकर्ता तथा साहुहरु प्रतिको दायित्व, (ख) बैंक वा वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा सबै प्रकारका दायित्वको विवरण र सोको अनुमानित मूल्य, (ग) बैंक वा वित्तीय संस्थाले सेवा प्राप्त गर्न गरेको करार, (घ) बाध्यात्मक खारेजीको प्रक्रियामा जाने आदेश हुनु भन्दा छ महिना अघिको अवधिमा बैंक वा वित्तीय संस्थाले गरेको महत्वपूर्ण कारोबार । (३) उपदफा (१) बमोजिमको लगतलाई लिक्वीडेटरले त्रैमासिक रूपमा अद्यावधिक गर्नु पर्नेछ र साहुहरुले निरीक्षण गर्न चाहेको बखत उपलब्ध गराउनु पर्नेछ ।